सौर्य एयरलाइन्समा यसरी जोडिनु भएको थियो पाइलट मनिषरत्न शाक्य

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सौर्य एयरलाइन्समा यसरी जोडिनु भएको थियो पाइलट मनिषरत्न शाक्य

काठमाडौं । सौर्य एयरलाइन्सको विमान पोखरा उड्ने क्रममा सन्तुलन गुमाएर त्रिभुवन विमानस्थलमा दुर्घटनामा पर्‍यो । विमानमा तत्काल आगो लाग्यो । विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भयो भने पाइलट मनिषरत्न शाक्यको मात्र सकुशल उद्धार भयो ।

आँखा र टाउकोमा चोट लागेको अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार क्याप्टेन शाक्य बोल्ने अवस्थामा हुनुहुन्छ भने उहाँको शरीरमा जलन देखिएको छैन । पाइलट शाक्यको शरीरमा चोट लागेको छ ।

३५ वर्षीय शाक्य २०७७ माघदेखि सौर्य एयरलाइन्सको सञ्चालन निर्देशक हुनुहुन्छ । फिलिपिन्सबाट पाइलटको प्रारम्भिक तालिम सकेर आएपछि सन् २००९ मा उहाँले नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स पाउनु भएको थियो । तत्कालीन गुण एयरलाइन्सबाट को-पाइलटका रुपमा काम थाल्नु भएका उहाँ सौर्य एयरलाइन्समा सन् २०१४ देखि कार्यरत हुनुहुन्छ ।

सन् २०१६ मा तालिमका लागि अमेरिका गएर पाइलटको लाइसेन्स लिनु भएको थियो । सन् २०१७ देखि उहाँले क्याप्टेनका रुपमा सौर्यको जेट इन्जिन जहाज उडान गर्न थाल्नु भएको थियो । २०१८ मा कम्पनीको ट्रेनिङ म्यानेजर पदमा नियुक्त भएपछि समग्र चालक दलको तालिम व्यवस्थापन गर्दै आएकोमा २०७७ देखि सञ्चालन निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

सम्बन्धित समाचार...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

२४ तस्बिरमा हेर्नुहोस् सौर्य एयरको विमान दुर्घटना


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement