क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली घाइते क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नु भएको छ ।

आज भएको सोर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली सिनामंगलस्थित केएमसी अस्पताल पुग्नु भएको हो । उपचाररत पाइलट शाक्यको स्वास्थ्य अवस्था अहिले 'खतरामुक्त' रहेको अस्पतालले जनाएको छ ।

सौर्य एयरलाइन्सको विमान पोखरा उड्ने क्रममा सन्तुलन गुमाएर त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भयो भने पाइलट मनिषरत्न शाक्यको सकुशल उद्धार भएको थियो

आँखा र टाउकोमा चोट लागेको अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार क्याप्टेन।भने उहाँको शरीरमा जलन देखिएको छैन । पाइलट शाक्यको शरीरमा चोट लागेको छ ।

सम्बन्धित समाचार...

सौर्य एयरलाइन्समा यसरी जोडिनु भएको थियो पाइलट मनिषरत्न शाक्य

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

२४ तस्बिरमा हेर्नुहोस् सौर्य एयरको विमान दुर्घटना


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement