फिस्लिङमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

असार २२, २०८१ |पोषनाथ अधिकारी
फिस्लिङमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ३, फिस्लिङमा सडकमाथि बाट पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

लेदोसहित आएको पहिरोले राजमार्ग अवरुद्ध बनेको छ । अहिले निर्माणाधीन सडकको आयोजनाको मेसिन प्रयोग गरेर पहिरो पन्छाएर एकातर्फी सडक सञ्चालन गर्नै लाग्दा पुन: ठुलो ढुंगासँगै लेदो खस्दा सडक पुन: अवरुद्ध बनेको चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिनुभयो ।

साथै पहिरोसँगै आएको ढुंगाले मुग्लिनदेखि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं. २-०३-००१ ख ६४७४ नम्बरको सिमेन्ट लोड भएको ट्रकमा लाग्दा अगाडिको भागमा क्षति भएको छ । चालकलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर सडक खोल्ने प्रयास भइरहेको छ । रिमालका अनुसार पहिरो हटाउन अझै केही समय लाग्नेछ ।

यता पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा लगातार वर्षा भइरहे पनि सवारीसाधनको आवागमनमा कुनै समस्या छैन ।

यो पनि...

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

दाङमा निरन्तरको वर्षाले डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement