प्रहरी प्रवक्ता भीम ढकाललाई प्रश्न- सिरहामा मदिरा तस्करीबारे प्रहरीको अनुसन्धान कहाँ पुग्यो ?

चैत्र १७, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रहरी प्रवक्ता भीम ढकाललाई प्रश्न- सिरहामा मदिरा तस्करीबारे प्रहरीको अनुसन्धान कहाँ पुग्यो ?

सिरहामा रहेको मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरीले राजस्व छली गरेको विषयमा अनुसन्धान भइरहेको छ । फरार रहेका शारदा डिस्टलरीका सञ्चालक प्रमोद गोयन्का पनि पक्राउ परिसकेका छन् ।

बिहीबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ । कान्तिपुर टेलिभिजनले शारदा डिस्टिलरीले गर्दै आएको राजस्व छली र तस्करीको विषय खुलासा गरेपछि पक्राउ पर्ने डरले प्रमोद र उनका छोरा नवीन भारत गएका थिए ।

त्यहीँबाट राजस्वका कर्मचारीको सम्पर्कमा आएर प्रक्रियागत ढंगले उन्मुक्ति दिलाउने आश्वासन पाएपछि मात्रै गोयन्का नेपाल आएको बताइएको छ । उद्योगका प्रबन्धक लोकबहादुर बस्नेत र माडरस्थित आशिष जनरल स्टोरका मालिक ललनकुमार यादव चैत ८ गते पक्राउ परेकोमा यादव शुक्रबार रिहा भएका छन् ।

यसै विषयमा प्रहरीले कसरी अनुसन्धान अघि बढाइरहेको छ ? भनेर कान्तिपुर टेलिभिजनले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालसँग कुराकानी गरेको छ ।

विस्तृत भिडियोमा :

यो पनि...

मदिरा तस्करी र राजस्व छली प्रकरणमा पक्राउ परेकामध्ये एकजना गुपचुप रिहा

शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का पक्राउ

सिरहाको शारदा डिस्टिलरी प्रकरण : संलग्नमाथि अनुसन्धान न कारबाही

शारदा डिस्टिलरीका अर्का मालिक नवीन गोयन्का पनि फरार

राजस्व छली गर्ने आशिष जनरल स्टोरका मालिक यादव र शारदा डिस्टलरीका म्यानेजर बस्नेत पक्राउ

उद्योगमा शिलबन्दी गरेपछि शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार

प्रहरीकै मिलेमतोमा मदिरा तस्करी

सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.