उद्योगमा शिलबन्दी गरेपछि शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार

कारबाहीमा पर्ने डरले भागेको आशंका
चैत्र ८, २०८० |कान्तिपुर टीभी संवाददाता
उद्योगमा शिलबन्दी गरेपछि शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार

सिरहा । आन्तरिक राजस्व कार्यालय लहानले उद्योगमा सिलबन्दी गरेपछि सिरहाको शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार भएका छन् ।

गोलबजार नगरपालिका ९ मा रहेको शारदा डिस्टिलरीले आन्तरिक राजस्व विभागको एउटा स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको गत आइतबार कान्तिपुर टेलिभिजनले खुलासा गरेको थियो । त्यसलगत्तै आन्तरिक राजस्व कार्यालय, लहानले उद्योग र माडरस्थित गोदाम सिल गरेर यस विषयमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा राजस्व कार्यालयले उनलाई बयानका लागि बोलाएकामा उनी फरार भएका हुन् । आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख पुन्य रिजालले गोयन्का भारत फरार भएको जानकारी दिएका छन् ।

राजस्व छलीमा कारबाहीमा परिने भएपछि उनी भारततर्फ भागेको आशंका गरिएको छ ।

यस्तो छ मदिरा तस्करीसम्बन्धी कान्तिपुर टेलिभिजनले प्रसारण गरेको खोजमूलक रिपोर्ट :

यो पनि...

प्रहरीकै मिलेमतोमा मदिरा तस्करी

सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल

विनय आजादले लेखेका थप स्टोरीहरु :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.