
सिरहा । सिरहामा अवस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरी उद्योगका मालिक प्रमोद गोयन्का पक्राउ परेका छन् । गोयन्का तीन दिनअघि नै पक्राउ परे पनि उनी पक्राउ परेको सूचना भने आज मात्र सार्वजनिक गरिएको हो ।
बिहीबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय, लहानको हिरासतमा राखिएको छ । उनी प्रहरी हिरासतमा रहेको लहानका डीएसपी विष्णुप्रसाद सोतीले पुष्टि गरेका छन् ।
गोगन्का पक्राउ परेको विषयमा आन्तरिक राजस्व कार्यालयले अझै पनि सूचना बाहिर सार्वजनिक गर्न चाहेको छैन ।
श्रोतका अनुसार प्रक्रियागत ढंगले कारबाहीबाट उन्मुक्ति दिनका लागि उनलाई नियन्त्रणमा राखिए पनि बाहिर सूचना दिइएको छैन । स्रोतले भन्यो, 'मिडियामा आएपछि समस्या हुन्छ भन्ने सोचेर पक्राउ परेको कुरा लुकाइएको हो ।'
कान्तिपुर टेलिभिजनले शारदा डिस्टिलरीले गर्दै आएको दैनिक लाखौं राजस्व छली र तस्करीको विषय खुलासा गरेपछि पक्राउ पर्ने डरले प्रमोद गोयन्का र उनका छोरा नवीन गोयन्का भारत भागेका थिए ।
श्रोतका अनुसार, उनीहरू भारत भागे पनि राजस्वका कर्मचारीको सम्पर्कमा थिए । प्रक्रियागत ढंगले उन्मुक्ति मिल्ने सुनिश्चित भएपछि मात्रै गोयन्का नेपाल आएका हुन् ।
उद्योगका म्यानेजर लोकबहादुर बस्नेत र माडरस्थित आशीष जनरल स्टोरका मालिक ललनकुमार यादव भने चैत ८ गते नै पक्राउ परेका थिए । ललनलाई प्रहरीले शुक्रबार रिहा गरिसकेको छ ।
यो पनि...
मदिरा तस्करी र राजस्व छली प्रकरणमा पक्राउ परेकामध्ये एकजना गुपचुप रिहा
शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का पक्राउ
सिरहाको शारदा डिस्टिलरी प्रकरण : संलग्नमाथि अनुसन्धान न कारबाही
शारदा डिस्टिलरीका अर्का मालिक नवीन गोयन्का पनि फरार
राजस्व छली गर्ने आशिष जनरल स्टोरका मालिक यादव र शारदा डिस्टलरीका म्यानेजर बस्नेत पक्राउ
उद्योगमा शिलबन्दी गरेपछि शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार
प्रहरीकै मिलेमतोमा मदिरा तस्करी
सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी
मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल