
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको भाषण नेपाली मात्र हैन, अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा समेत चर्चाको विषय बनेको छ ।
विश्वकै प्रमुख सञ्चारमाध्यमहरुले उनको भाषणलाई चासोका साथ प्रसारण र प्रकाशन गरेका छन् । अन्तर्राष्ट्रिय मिडिमा शाहले नेपालको विपत्तिलाई नेपालको सीमाभित्रको घट्नाभन्दा बाहिर लैजान सफल भएको उल्लेख गरेका छन् ।
हेरौं केही अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका सामाग्री ।
बेलायतको सञचारगृह द गार्डियनले प्रधानमन्त्री वालेन्द्र शाहको बारेमा लेखेको छ, नेपालका प्रधानमन्त्रीले बाढीलाई विश्वका लागि चेतावनी भन्दै जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूलाई कडा रूपमा सचेत गराए ।

यसैगरी अमेरीकाको द न्युयोर्क टाइम्समा संयुक्त राष्ट्रसंघको महासभामा नेपालका नेताले किन सनग्लास लगाएका थिए? भन्ने विषयका बारेमा समाचार बनेको छ । जुन अहिले निकै चर्चामा छ ।

अमेरिकी समाचार संस्था एसोसिएट प्रेस एपीले उनको सम्बोधनलाई नेपालको बाढी विश्वका लागि जलवायु परिवर्तनको चेतावनीका रुपमा प्रस्तुत गरेको छ । एपीले हिमालयबाट एसियाका ठूला नदीमा निर्भर करिब दुई अर्ब मानिसको पानी सुरक्षासँग जोडिएको जोखिमलाई शाहले प्राथमिकतासाथ उठाएको उल्लेख गरेको छ ।
यसैगरी रोयटर्समा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा हिमाली राष्ट्रलाई सहयोग गर्न अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको र हिमनदीबाट आएको बाढीका कारण कम्तीमा १४ सय ५० जनाको ज्यान गएको बताएको उल्लेख छ ।
ब्लुम्बर्ग इन्डिया लेख्छ विनाशकारी बाढीपछि नेपालका प्रधानमन्त्रीले भारत र चीनसँग जलवायु सम्झौता गर्न आग्रह गरे । भारतकै एनडीटीभीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपीडितका लागि सहयोग गरेकोमा भारत र चीनलाई धन्यवाद दिएको उल्लेख गरेको छ ।
