बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प

माघ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प

सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीको आन्दोलनले आज छैटौं दिन पनि आकस्मिक बाहेकका सेवा ठप्प छन् ।

वृत्ति विकासको मागसहित ६ दिनयता बिहान र दिउँसो उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन थप सशक्त बनाउने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा हिजो (बिहीबार) भएको छलफल सकारात्मक भए पनि त्यो आफूहरुलाई मान्य नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएको कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालले जनाइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । काठमाडौंमा छलफल सकारात्मक भएको बताइए पनि चिकित्सक, कर्मचारी आन्दोलनमा उत्रिएपछि सयौं बिरामी मारमा परेका छन् ।

यो पनि...

बीपी प्रतिष्ठानको समस्या समाधान उन्मुख

बारम्बारको आन्दोलनले बीपी स्वास्थ्य प्रतिष्ठान थिलथिलो

प्रधानमन्त्रीको निर्देशन- बीपीको समस्या तत्काल समाधान गर्नू

धरानको बीपी स्वास्थ्य प्रतिष्ठानमा आकस्मिकबाहेक सेवा ठप्प

बीपी प्रतिष्ठानको विवाद समाधानका लागि भएको छलफल निष्कर्षविहीन

बीपी स्वास्थ्य प्रतिष्ठानमा देखिएका समस्याबारे के भन्छन् डा. जगदीशप्रसाद अग्रवाल ?

शेखर कोइरालालाई प्रश्न : बीपी प्रतिष्ठानको अवस्था सुधार्न तपाईँको भूमिका हुँदैन ?

कहिले सुध्रिएला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.