बीपी प्रतिष्ठानको विवाद समाधानका लागि भएको छलफल निष्कर्षविहीन

४ दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प
माघ ३, २०८० |कान्तिपुर टीभी संवाददाता
बीपी प्रतिष्ठानको विवाद समाधानका लागि भएको छलफल निष्कर्षविहीन

काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार दिउँसो भएको छलफल निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की , शिक्षाध्यक्ष सञ्जीव शर्मासहितका पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन ।

प्रतिष्ठानका चिकित्सक कर्मचारी वृत्तिविकासको मागसहित आन्दोलनमा उत्रिएपछि ४ दिनदेखि बहिरंग सेवा ठप्प छ । आन्दोलनका कारण बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिनहुँ सयौं बिरामी मारमा परेका छन् ।

यो पनि...

धरानको बीपी स्वास्थ्य प्रतिष्ठानमा ४ दिनदेखि आकस्मिकबाहेक सेवा ठप्प

बारम्बारको आन्दोलनले बीपी स्वास्थ्य प्रतिष्ठान थिलथिलो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.