‘मेरा पिक’मा १५ शेर्पा कलाकारको कीर्तिमानी स्याब्रु नाच

जेष्ठ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
‘मेरा पिक’मा १५ शेर्पा कलाकारको कीर्तिमानी स्याब्रु नाच

काठमाडौं । ‘मेरा पिक’मा १५ शेर्पा कलाकारहरुले स्याब्रु नाचेर कीर्तिमानी कायम गरेका छन् ।

मेरा पिक हिमालको चुचुरोमा सात जिल्लाका १५ जना शेर्पाले स्याब्रु नृत्य गरेर विश्व कीर्तिमानी कायम गरेका हुन् । कीर्तिमान रच्ने कलाकारहरुलाई काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच वर्ल्ड बुक अफ रेकर्ड्सले ‘जमिनको उच्चतम् उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ नाममा रेकर्डको मान्यता दिँदै प्रमाणपत्र प्रदान गरेको हो ।

लन्डनमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकर्ड्सबाट प्रमाणपत्र प्राप्त गर्ने कीर्तिमानी कलाकारमा नुरु शेर्पा, युगेन शेर्पा, कुन्साङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा, दिकु शेर्पा, छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा तथा छेतेन शेर्पा छन् । कार्यक्रम शेर्पा इभेन्ट्स अर्गनाइजरले गरेको हो । अर्गनाइजरका अध्यक्ष नुरु शेर्पा हुन् ।

विशाल हिमालयलाई पृष्ठभूमिमा सजाउँदै स्याब्रु नृत्य गरेको संस्थाका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन नेपाल च्याप्टरका सागर कटुवाललगायतको उपस्थिति थियो ।

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.