इतिहासविद् स्व. ज्ञानमणि नेपालद्वारा लिखित ‘अतीतका स्मृति र अनुभूति: विश्वेश्वरदेखि विभूतिसम्म’ पुस्तक विमोचन

जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
इतिहासविद् स्व. ज्ञानमणि नेपालद्वारा लिखित ‘अतीतका स्मृति र अनुभूति: विश्वेश्वरदेखि विभूतिसम्म’ पुस्तक विमोचन

काठमाडौं । इतिहासविद् दिवंगत ज्ञानमणि नेपालद्वारा लिखित पुस्तक 'अतितका स्मृति र अनुभूति: विश्वेश्वरदेखि विभूतिसम्म' एक समारोहबीच विमोजन भएकाे छ । 

आज (शुक्रबार) नेपाल बार एसोसिएसनको हलमा इतिहासकार स्व. ज्ञानमणि नेपालद्वारा लिखित पुस्तक एक समारोहबीच विमोजन भएकाे हाे । 

कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल, विशिष्ट अतिथि पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (गुरूदेव) रहनु भएको थियो । 

कार्यक्रमा विमोचित पुस्तक उपर लेखक तथा वरिष्ठ साहित्यकार कृष्ण धरावासी, पूर्व न्यायाधीश शेषराज शिवाकोटी, वरिष्ठ पत्रकार अरूण वरालसमेतले टिप्पणी गर्नु भएको थियो । 

कार्यक्रमको अध्यक्षता पैरवी बुक हाउस प्रालिका अध्यक्ष अधिवक्त चन्द्रप्रसाद सिवाकोटीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अधिवक्ता डा. रेवतीराज त्रिपाठीले गर्नु भएको थियो । 

टिप्पणीकर्ताहरूले लेखक स्व. ज्ञानमणि नेपालको व्यक्तित्व तथा कृतिका विविध आयामका सन्दर्भमा चर्चा गर्दै प्रस्तुत पुस्तकले नेपालको आधुनिक इतिहासमा प्रकासमा नआएका तथ्य र घटनाहरूलाई उजागर गरेको छ भन्ने धारणा राख्नु भएको थियो भनी कार्यक्रम सञ्चालक डा. रेवतीराज त्रिपाठीले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.