काठमाडौं । पोल्यान्डकी मग्डलेना फ्रेकले बर्लिन ओपनमा रूसकी मिरा आन्द्रिभालाई स्तब्ध पारेकी छन् ।
प्रि-क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा फ्रेकले आन्द्रिभा माथि तीन सेटको रोमाञ्चक जित हात पारेकी हुन् । विश्व नम्बर २५ फ्रेकले, छैटौ वरियताकी आन्द्रिभा विरूद्धको पहिलो सेटमा खराब प्रदर्शन गरेकी थिइन् । यो सेट उनले २-६ ले गुमाइन् ।
१८ वर्षीया आन्द्रिभाले सहजै खेल जित्ने अनुमान गरिएको थियो । तर, बाँकी सेटमा नले आफ्नो लय गुमाउँदा फ्रेकले शानदार पुनरागमन गरिन् । आन्द्रभाको अनफोस्र्ड एररको फाइदा उठाउँदै फ्रेकले दोस्रो सेट ७-५ ले आफ्नो पक्षमा पारिन् ।
१-१को रोमाञ्चक बराबरीमा पुगेको खेलमा तेस्रो सेट निर्णायक बन्यो । फ्रेकले एकपक्षीय रूपमा ६-०को जितका साथ अन्तिम १६ को यात्रा तय गरिन् ।
आन्द्रिभाले आफ्नो व्यावसायिक करियरमा पहिलो पटक निर्णयक सेटमा ६-०को हार बेहोरेकी हुन् । यस्तै फ्रेकले पहिलो पटक शीर्ष दश भित्रका खेलाडीलाई हराएकी हुन् । यी दुई बीचको खेल दुई घन्टा आठ मिनेट चलेको थियो ।