‘रण-अम्बिका सेवा पुरस्कार’ नेपाल स्रष्टा समाजलाई

जेष्ठ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘रण-अम्बिका सेवा पुरस्कार’ नेपाल स्रष्टा समाजलाई

काठमाडौं । यस वर्षको ‘रण-अम्बिका सेवा पुरस्कार’ नेपाल स्रष्टा समाजलाई प्रदान गरिने भएको छ ।

रण-अम्बिका शाह सेवा गुठी नेपालले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कारबाट समाज यस पटक पुरस्कृत हुन लागेको रण-अम्बिका शाह सेवा गुठी नेपालका अध्यक्ष डा.चिन्तामणि योगीले जानकारी दिनुभयाे ।

नगदराशी रू १ लाख ११ हजार १ सय एघार रूपैयाँसहित नेपाल स्रष्टा समाजलाई पुरस्कृत गर्न लागिएको हो ।

आगामी जेठ १७ गते वार्षिक उत्सवको अवसर पारेर नेपाली शिक्षा परिषद्, लेखनाथ साहित्य सदनमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने आयोजकले बताए ।

समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण-अम्बिका शाह सेवा गुठी नेपालले गत वर्ष सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापिका उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर, धारपानीलाई ‘रण-अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.