अविरल वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगायाे

असार ३, २०८२ |कमला पाख्रिन
अविरल वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगायाे

काभ्रे । अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बगाएको छ । गएरातिको वर्षाका कारण मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो।

पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका-७ र ८, हेलम्बु गाउँपालिका-२ र ३ तथा पाँचपोखरी-१ र २ वडाका वासिन्दा प्रभावित भएका छन्। वर्षा रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभयाे ।

२०७८ को बाढीले पक्की पुल बगाएपछि ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । तर, वर्षायाम सुर" भएसँगै प्रत्येक वर्ष मेलम्ची नदी आसपास क्षेत्र स्थानीय प्रभावित हुँदै आएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।