नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको दुम्किबासमा डाइभर्सन बगाएको छ । बिनयी खोलामा निर्माण गरिएको डाइभर्सन गएराति आएको पानीले बगाएको हो ।
बाटो बन्द भएपछि यात्रुबाहक सवारी साधन र साना सवारी साधनहरू होङ्सी गेटबाट सर्दी हुँदै वैकल्पिक सडकबाट सञ्चालन गरिएको छ । मालबाहक ठुला सवारी साधनहर" दुम्कीबास र अरूणखोला क्षेत्रमा नै रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले बताउनुभयो ।
वर्षाको कारण दाउन्नेमा सडक चिप्लो भएपछि सवारी उकालो उक्लन सकेको छैन् । जसको कारण दाउन्ने खण्डमा सवारीको लामो जाम लागेको छ । पुस २६ गते ओभरलोडको भारतीय लहरीको ठक्करबाट पुल भासिएपछि डाइभर्सनमार्फत् यातायत सञ्चालन हुँदै आएको छ ।
सडक अवरूद्ध भएपछि यात्रुवाहक सवारी साधन र साना सवारी साधनलाई होङ्सी गेटबाट उत्तर सर्दी हुँदै करिब २५ किलोमिटर घुमाउरो वैकल्पिक मार्गबाट यात्रा गर्नुपर्ने बाध्यता छ ।