
काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत नै केही बेर अघि सम्मपन्न समुह 'सी' को खेलमा अर्जेन्टिनाको बोका जुनियर्स र पोर्चुगलको बेन्फिकाले २-२ गोलको बराबरी खेलेका छन् ।
आर्ड रक स्टेडियममा भएको खेलमा दुवै टिम दश खेलाडीमा समेटिएका थिए । बोका जुनियर्सले २-० गोलको अग्रता जोगाउन सकेन् । २१औं मिनेटमा मिगुएल मेरेनटिएलले गोल गरेका थिए ।
२७औं मिनेटमा रोद्रिगोले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा एञ्जल डि मारियाले पनोल्टीमार्फत् गोल गर्दै बेन्फिकालाई खेलमा फर्काएका थिए । ८४ औं मिनेटमा निकलस ओटामेन्डीले बराबरी गोल गरेका हुन् । यो समुहमा बायर्न म्युनिख तीन अंकसहित शीर्ष स्थानमा छ ।