‘प्रकृतिको मन’ लोकार्पणमा आचार्य: मन सम्हाल्न सके मानव जीवन अगाडि बढ्छ

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘प्रकृतिको मन’ लोकार्पणमा आचार्य: मन सम्हाल्न सके मानव जीवन अगाडि बढ्छ

काठमाडौं । परराष्ट्रविद् जयराज आचार्यले मानव जातीले एकअर्काबीचको वैमनश्यता त्यागेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रकृति र मानव जीवनको उत्पत्तिसम्बन्धी पुस्तक ‘प्रकृतिको मन’ को आइतबार काठमाडौंमा लोकार्पण गर्दै परराष्ट्रविद आचार्यले मानिसले मनलाई सम्हाल्न सक्नुपर्ने बताउनुभयो ।

मानिसको मन निद्रामा पनि जागृत हुने उहाँको भनाइ थियो । लेखक बरूणकान्त अधिकारीले जीव, जगत र जीवनबारे पुस्तकमा चर्चा गरिएको बताउनुभयो ।

मानिसको उत्पत्ति, विकसित परिस्थिति र परिवेशले निम्त्याएको अवस्थालाई आफूले वैज्ञानिक र तथ्यगत अध्ययनका आधारमा पुस्तकमा उल्लेख गरेको पनि लेखक अधिकारीको भनाइ थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.