मम्मी

वैशाख ७, २०८० |किरण अधिकारी
मम्मी

मम्मी ! म आज पनि

उस्तै किताब पढ्छु,

जस्तो तपाईंले सिकाउनुभयो ।

मेरो अनुहार, हाँसो देखेर

सबै भन्छन्– ठ्याक्कै मम्मी जस्तै ।

मेरो सबै पाइला

तपाईंकै एक हेराइ हो,

म कसरी ?

अरूको धेरै र तपाईंको

थोरै बने ?..

मम्मी ! किताब पढ्ने निहुँ

तपाईंको एक हेराइ हुँ ।

मलाई राम्रै याद छ,

भाइलाई बुबु चुसाउँदै

मलाई किताब पढ् भन्नुभाकोे

केही खाने इच्छा हुँदा

थोर–धेर खोजी ल्याएको

मम्मीको पूजा कोठामा

जति ढल्थ्यो मंगलबार,

उति बल्थ्यो दियो’

म कसरी ?

किताबको नजिक

तपाईंबाट टाढा भइदिए

मम्मी ! म अनन्तः

तपाईंनजिक आउनै सकिनँ

किताब एउटा निहुँ भयो

मम्मी ! म भाग्यमानी बन्न

किताब पल्टाइरहन्छु

लाग्छ मंगलबार नआओस्

मम्मी ! तपाईंलाई सम्झिनु मात्रको विकल्प छैन ।

मम्मी ! यो संसारबाट बिदा हुनुभो ।

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा


Image

किरण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।