बालोगुनको विस्फोटक प्रदर्शनले पाराग्वे स्तब्ध, अमेरिकाको दमदार सुरुआत

जेष्ठ ३०, २०८३ |विनयज्योति सापकोटा
बालोगुनको विस्फोटक प्रदर्शनले पाराग्वे स्तब्ध, अमेरिकाको दमदार सुरुआत

काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा सह-आयोजक अमेरिकाले पाराग्वेलाई ४-१ ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। 

लस एन्जलस स्टेडियममा शनिबार बिहान भएको समूह डी’ अन्तर्गतको खेलमा फरवार्ड फोलारिन बालोगुन नायक बने। उनले २ गोल गरे। यो जितसँगै अमेरिका विश्वकप अभियानमा आत्मविश्वासपूर्ण सुरुआत गर्न सफल भएको छ। बालोगुन विश्वकपको एकै खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने इतिहासका दोस्रो अमेरिकी खेलाडी बनेका छन् ।

यदि फिफा विश्वकपमा शनिबार बिहान भएको अमेरिका र पाराग्वेबीचको खेल हेर्नुभएको थियो भने तपाईंको दिमागमा एउटा खेलाडीको तस्बिर बारम्बार आइरहेको हुनुपर्छ- फ्लोरिन बालोगनको तस्बिर । उनी यो खेलमा ह्याट्रिक गर्नबाट थोरैले चुकेका हुन् । 

ड्रिबलिङ, पोस्ट अटेम्पट, एकुरेसी र कटब्याकमा उनको भूमिका पाराग्वेलाई सहजै हराउन महत्वपूर्ण रह्याे । अमेरिकी टीममा फ्लोरिन बालोगनको उपस्थिति सामान्य मान्न सकिँदैन । उनी अमेरिकाले वर्षाैँको प्रतिक्षा गरेर पाएको नम्बर नाइन खेलाडी हुन् । 

भलै उनले २० नम्बरको जर्सी लगाउँछन् तर उनको स्थान प्रपर स्ट्राइकर नै हो । उनको उपस्थितिको कारण अमेरिकाले विश्वमा प्रभाव पार्न सक्छ । यसका केही कारण आज चर्चा गर्नेछौं । उनी उत्तर अमेरिका महादेशका उत्कृष्ट मध्येका एक स्ट्राइकर हुन् । 

उनको गोल गर्ने शैलीले नै प्रशिक्षक पोचेटिनोको ध्यान खिचेको हो । त्यसैले उनले आफ्नो आक्रमणको केन्द्र नै बालोगनलाई बनाए । त्यो किनभने, युरोपको शीर्ष पाँचमध्ये एकमा उनले २० गोल गरेका छन् । जुन अमेरिकी खेलाडीले हतपत गर्दैनन् ।

विश्वकपमा अहिलेसम्म १२ गोल भएका छन् । त्यसमध्ये दुई गोल उनका नाममा छ । पाराग्वेविरुद्ध पहिलो हाफमा पेस र प्रवेश दुवै प्रयोग गरे । दायाँ खुट्टाको उनको पावरफुल सट पाराग्वेका गोलकिपरका लागि पटक पटक संकट बनेको थियो ।

उनले पहिलो हाफअघि गरेको पहिलो गोल असफलाइड भयो । गोल नभए पनि उनको मिहिनेत तारिफ योग्छ छ । त्यसअघि सातौं मिनेटमा वेस्टन मकनिनले दिएको पास लिन बालोगन ठिक्क पोजिसनमा थिए । तर, पाराग्वेका डिफेन्डर ओमार आल्डरिटबाट डिफ्लेक्ट भएर आत्मघाति भयो । 

नत्र, उनको नाममा नाममा फिफा विश्वकप २०२६ को पहिलो ह्याट्रिक हुनेवाला थियो । तर, उनको यो दुई गोल पनि अमेरिकाको लागि यस अर्थमा महत्वपूर्ण छ नि कुनै पनि अमेरिकी खेलाडीले सन् १९३० यता विश्वकपका एकै खेलमा दुई गोल गरेकै छैनन् ।

बालोगन २४ वर्षका भए र उनी मोनाको क्लबबाट फ्रान्सको लिग खेल्छन् । त्यसो तर अमेरिकाबाट युरापेको शीर्ष पाँच लिग खेल्ने कमै खेलाडीमा पर्छन् बालोगन । अमेरिकाको ब्रुकलिनमा उनी नाइजेरियन दम्पतीबाट जन्मिएका हुन् । तर, इंग्ल्यान्डबाट उमेर समूहको खेल खेलेका उनले सन २०२३ यता भने अमेरिकाबाटै खेलिरहेका छन् । उनी खासमा नाइजेरियन हुन् । तर, उनले नाइजेरिया र इंग्ल्यान्डबाट खेल्ने कुरालाई नकार्दै अमेरिका रोजेका थिए । 

आफ्नो मनको कुरा सुनेर अमेरिकाबाट खेल्ने निर्णय गर्दा उनी आर्सनलबाट लोनामा फ्रान्सको रिम्समा खेलिरहेका थिए । त्यहाँबाट उनले एकै सिजन २१ गोलसमेत गरे । यो सन् २०२३ को कुरा हो । तत्कालै उनी अमेरिकाको टोलीमा प्रमुख स्ट्राइकर बने ।

यता, इंग्ल्यान्डको टिममा हेरी केन, इभान टोनी र ओली वाट्कीन्स जस्ता फरवार्ड हुँदा उनलाई अवसर पाउन पनि गाह्रो पर्नेवाला थियो । त्यसैले पनि बालोगनले अमेरिका रोजेको हुन सक्छन् । त्यसपछि मोनाकोले तीन करोड खर्चिएर उनलाई अनुबन्ध गर्यो । 

मोनाकोबाट उनले तीन ३१ गोल गरिसकेका छन् । शनिबार बिहान पारग्वेविरुद्ध भएको खेलको ३१ औं मिनेटमा क्रिस्टियन पुलिसिचले पास उपलब्ध गराएका थिए । अहिलेको अमेरिकी टिममा पोचेटिनोको प्रभाव स्पष्ट रुपमा देखिएको छ । क्याप्टेन अमेरिका उपनाम पाएका क्रिस्टियन पुलिसिचको प्रदर्शनले पनि बालोगेनलाई सहज बनाएको छ । 

के अब अमेरिकाले विश्वकपको सरप्राइज टिम बन्न सक्छ होला ? यसमा प्रशिक्षक पोचेटिनो अहिल्यै केही बताउन नसक्ने बताउँछन् । तर, उनको इच्छा त्यहीँ छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।