
काठमाडौं । नर्सरी व्यवसायी संघले कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानालाई सम्मान गरेको छ ।
तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८२ को उद्घाटनका अवसरमा सञ्चार माध्यमबाट किसानको आवाजलाई बुलन्द गरेवापत ढुंगानालाई सम्मान गरिएको नर्सरी व्यवसायी संघले जनाएको हो ।
नर्सरी व्यवसायको विकास र विस्तारका लागि देशभर छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफुल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हकहितको रक्षाका लागि २०८० सालमा नेपाल नर्सरी व्यवसायी संघ स्थापना भएको हो ।