काठमाडौंमा ‘मलाई मन परेको कविता’

माघ ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा ‘मलाई मन परेको कविता’

काठमाडौं । मलाई मन परेको कविताको दोस्रो शृंखला काठमाडौंमा सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा पुरानो पुस्ताका अग्रज २० कविका चर्चित कवितालाई नयाँ पुस्ताले कविहरुले संगीतका साथमा प्रस्तुत गरेका हुन् ।

बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा गितारवादक अनुराग थापा र प्रशन्न हुमागाईको बाँसुरी-वादनमा वरिष्ठ कवि बैरागी काँइलादेखि शैलेन्द्र साकारसम्मका कविता नयाँ पुस्तका कविहरुले वाचन गरेका हुन् । कर्णप्रिय धुन र कविताको फरक स्वरमा सुनिँदा कवि आफैं छक्क र दंगदास भएका थिए ।

कार्यक्रम सञ्चालन कवि रुपेश श्रेष्ठले गोलाप्रथाबाट गरेका थिए । उनले कविका नाम बोलाउँथे र अनुज कविले अग्रज कविलाई मन्चमा डोर्‍याई पस्मिनाको सलले स्वागत गरेर बसाएपछि कविता वाचन गरिएको थियो । त्यसअवसरमा मन्जुल, तुलसी दिवस, नरेन्द्रबहादुर श्रेष्ठ, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, उषा शेरचन, विधान आचार्य, दिनेश अधिकारी, कृष्ण प्रसाई, लक्ष्मी माली, अशेष मल्ललगायत कवितालाई नयाँ पुस्ताका चर्चित कविहरु विवश पोखरेल, मोमिला, निमेष निखिल, गीता त्रिपाठी, प्रज्वल अधिकारी, बाबु त्रिपाठी, सविता विमली, सन्ध्या पहाडी, विमल वैद्य, रिमा केसीलगायतले वाचन गरेका थिए ।

एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले सबै कवि र कविताप्रेमीलाई धन्यवाद दिँदै यो शृंखलामा केही कविहरू छुटेको र तेस्रो शृंखलामा समेटिने प्रतिबद्धता जनाए । आयोजन समूहका संयोजक राजेन्द्र शलभले सबै कविहरूलाई स्वागत गरेर मलाई मनपरेका कविता वाचन थालनी गरिएको थियो ।

बाबु त्रिपाठी र निमेषविमोहन श्रेष्ठ व्यवस्थापनमा कार्यक्रम तीन दिन अभ्यास गरेपछि कविहरूलाई मञ्चमा उतारिएको जानकारी गराइयो । मञ्च परिकल्पना रंगकर्मी राजन खतिवडाले गरेका थिए ।

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.