नेपाली खेलाडीको क्षमता अद्भूत छ : प्रशिक्षक मोन्टी देशाई

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाली खेलाडीको क्षमता अद्भूत छ : प्रशिक्षक मोन्टी देशाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको धारणा राखेका छन् । लिग टूको अन्तिम खेलमा यूएईविरुद्ध डीएल पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा उनले यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको उनको प्रतिक्रिया थियो ।

खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाईको भनाइ छ । नेपालले प्राप्त गरेको सफलतापछि भावुकसमेत देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए । उनले सो क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भूत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटका लागि राम्रो गर्नसक्ने भन्दै विश्वस्त देखिए ।

लिग टूको अन्तिम खेलमा नेपालले भ्रमणकारी यूएईलाई डक वर्थ लेबिस (डीएल) पद्धतिका आधारमा ९ रनले पराजित गर्दै नेपालले सीधैं विश्वकप छनोटमा स्थानमा बनाउन सफल भयो ।

नेपालले यूएईलाई हराएपछि शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ ।

छनोटमा कुल १० टोली हुनेछन् । विश्वकप छनोटमा सुपर लिग टूका पुछारका पाँच टोली, लिग टूका शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् ।

थप...

आरिफ र गुल्सनको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्यो : कप्तान पौडेल
ग्लोबल छनोटसम्म नेपालको यात्रा : ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन, ‘क्लिन स्विप’सँगै ऐतिहासिक सफलता
विश्व क्रिकेट लिग टुमा नेपाली क्रिकेट टोलीको कमब्याक (भिडियो रिपोर्ट)
नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई ९ रनले पराजित गरेसँगै विश्वकप छनोटमा स्थान सुरक्षित
नेपालको ऐतिहासिक जितमा यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.