नेपालको ऐतिहासिक जितमा यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपालको ऐतिहासिक जितमा यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)

काठमाडौ । घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग टूअन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपालले दर्शकको भरपूर साथ पायो । खेलको नतिजा नेपालले आफ्नो पक्षमा पारे पनि सुरुवाती चरणमा भने निकै दबाबमा खेल्नुपर्‍यो ।

घरेलु दर्शकको भरपूर साथ पाएको नेपाली टोलीले अन्तिममा सबैलाई खुसी बनायो । यूएईविरुद्धको खेलमा नेपाल ‘ब्याक लाइट’का कारण ९ रनले विजयी भएसँगै सिंगो मुलुक खुसी भएको छ । खराब मौसमका कारण ४४ ओभरपछि खेल हुन नसकेपछि डक वर्थ लुइस (डीएल) का आधारमा निर्णय लिइएको हो ।

जितसँगै जिम्बाबेमा हुने विश्वकप ग्लोबल छनोटमा नेपालले स्थान बनाएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट आगामी जुनमा हुँदै छ ।

नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई ९ रनले पराजित गरेसँगै विश्वकप छनोटमा स्थान सुरक्षित

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार यूएईले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको थियो । यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई ३१० रनको लक्ष्य दिएको थियो । हेरौं नेपाली टिमलाई हौसला प्रदान गर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेला भएका दर्शक :

सबै तस्बिर : क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement