आरिफ र गुल्सनको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्यो : कप्तान पौडेल

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
आरिफ र गुल्सनको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्यो : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आरिफ सेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्न सफल भएको जनाएका छन् ।

लिग टूको अन्तिम खेलमा यूएईविरुद्ध डीएल पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले सुरुवात खराब भए पनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको जनाए । सुरुवात नराम्रो भए पनि यसअघिका खेलबाट बटुलेको अनुभवका आधारमा अगाडि खेल्दै जाँदा सुखद् नतिजा निस्किने विश्वासका साथ खेलेको धारणा राखे ।

योबीच आरिफ र गुल्सनको साझेदारी नै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । राम्रो रनको लक्ष्य भए पनि दोस्रो इनिङमा विकेट राम्रो भएको भन्दै पछ्याउन सक्ने विश्वास साथ खेल्न टिम रणनीति बनेको कप्तान पौडेलले जनाए ।

थप...

ग्लोबल छनोटसम्म नेपालको यात्रा : ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन, ‘क्लिन स्विप’सँगै ऐतिहासिक सफलता
विश्व क्रिकेट लिग टुमा नेपाली क्रिकेट टोलीको कमब्याक (भिडियो रिपोर्ट)
नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई ९ रनले पराजित गरेसँगै विश्वकप छनोटमा स्थान सुरक्षित
नेपालको ऐतिहासिक जितमा यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.