
काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथको भोटो जात्रा एक महिना ढिला हुने भएको छ । मलमास परेकाले जात्रा एक महिना लम्बिएको हो ।
मच्छिन्द्रनाथमा संग्लन ज्योतिषिहरूले रथ यात्राको साइत हेर्दा असार ३ गते उत्तम साइत जुरेको हो ।
ज्योतिषिहरूले निकालेको साइतअनुसार लगनखेलको थटीटोलमा रहेको रथलाई सोही दिन नै जावलाखेल पुर्याइने छ । जसले गर्दा जात्रा एक महिना लम्बिएको छ । जेठ ३ देखि मलमास परेको छ । मलमासको बेला एक महिनामा धार्मिक पुजा विधिहरू समेत गर्न नहुने मान्यता रहेको छ ।