सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका छन् । तीन दिनको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः आह्वान गरेका हुन् । 

यसअघि दस दिनको समय दिएर १६८ (२) अनुसार नै प्रदेश सभा सदस्यलाई आइतबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । त्यस अनुसार नागरिक उन्मुक्तिका दुई जना लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै समर्थक जुटाएर दाबी पेस गरेका थिए । आइतबार एउटै पार्टीबाट दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले दाबी पेस कर्ताहरुलाई कानुनी परामर्श गर्ने भन्दै दुई दिनको समय लाग्ने बताएका थिए । एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निस्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

एकीकृत समाजवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधर प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले बहुमत सांसदको समर्थन रहेको दाबीसहित दाबी पेस गरेका थिए । अर्कोतिर एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदसहित नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षधर सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका थिए ।

एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको बिद्रोही कदमले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सहमत भएपछि एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाटपछि हटेको हो

अर्कोतिर एकीकृत समाजवादीको कदमले गठबन्धन दलका शीर्ष नेताहरुसमक्ष सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउनु पर्ने अडान लिएकी थिइन् । त्यसै अनुसार प्रदेश सभा सदस्य कैलाश चौधरीलाई दाबी पेस गर्न लगाएकी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीसमेत नपाउने र आफूविरुद्ध रहेका रेशम चौधरी पक्ष हावी हुने देखिएपछि अध्यक्ष श्रेष्ठ पनि एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएकी हुन् ।

आफ्नो दललाई मुख्यमन्त्री दिन सत्तारुढ दलका शीर्ष नेताहरु सहमत भएपछि मंगलबार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले लक्ष्मण किशोर चौधरीलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए ।

एउटै दलका दुई जनाको दाबी आएपछि अनिर्णित रहेका प्रदेश प्रमुख मियाँले आज पुनः दाबी पेस गर्न आह्वान गरेका हुन् ।  अब केन्द्रीय सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ।

यता कांग्रेस र नागरिक उन्मुक्तिका रेशम पक्षधर भने रुष्ट भएका छन् । मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कानुनी उपचार तथा अन्य वैकल्पिक कदम चाल्ने बताए ।

यो पनि...

ओली र दाहालले गरेको अपमानको बदला सुदूरपश्चिममा लिन्छौं : दीर्घ सोडारी

एकीकृत समाजवादीले गठबन्धनलाई कमजोर बनाउन खोज्यो : केपी ओली

सुदूरपश्चिम सरकार गठन, सत्ता गठबन्धनबीच खटपट

नाउपाकी सांसद इन्दिरा गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

मुख्यमन्त्रीमा नाउपाबाट दुई जनाको दाबी, पेचिलो बन्यो सरकार गठन

नाउपाका लक्ष्मणकिशोरलाई दिएको समर्थन एकीकृत समाजवादीद्वारा फिर्ता


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement