ओली र दाहालले गरेको अपमानको बदला सुदूरपश्चिममा लिन्छौं : दीर्घ सोडारी

वैशाख ३, २०८१ |टेकराज जोशी
ओली र दाहालले गरेको अपमानको बदला सुदूरपश्चिममा लिन्छौं : दीर्घ सोडारी

कैलाली । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता दीर्घ सोडारीले गठबन्धनका नेता केपी ओली र पुष्पकमल दाहालले आफूहरुमाथि अपमान गरेको प्रतिक्रिया दिएका छन् । उनले ओली-दाहालले गरेको बदला आफूहरुले सुदूरपश्चिम प्रदेशबाट लिएको जनाएका हुन् । उनले यसबाट आफूहरु र आफ्नो पार्टी पछि नहट्ने दाबीसमेत गरेका छन् ।

‘गठबन्धनका नेता केपी ओली र पुष्पकमल दाहलले गरेको अपमानको बदला सुदूरपश्चिममा लिएका हौं । पछि हट्दैनौं,’ एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले भने ।

सुदूरपश्चिम प्रदेश सरकार गठबन्धनको विषयले केन्द्रीय सत्ता गठबन्धनमै खटपटको देखिएको छ । केन्द्रीय गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सदूरपश्चिममा कांग्रेससहितका दललाई स‍घाएपछि गठबन्धनमा खटपट देखिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले समेत गठबन्धनमा असहजता देखिएको स्वीकारेका छन् । प्रतिनिधिसभामा १० सांसद भएको नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व बाँडफाँट, राष्ट्रिय सभाको उपाध्यक्ष तथा मनोनीत सदस्यमा पनि आफूहरुलाई हेपाहा प्रवृत्ति देखाएको गुनासो गर्दै आएको छ ।

यो पनि...

सुदूरपश्चिम सरकार गठन, सत्ता गठबन्धनबीच खटपट

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा नाउपाबाट दुई जनाको दाबी, पेचिलो बन्यो सरकार गठन


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।