एकीकृत समाजवादीले गठबन्धनलाई कमजोर बनाउन खोज्यो : केपी ओली

वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
एकीकृत समाजवादीले गठबन्धनलाई कमजोर बनाउन खोज्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा विपक्षी नेपाली कांग्रेसलाई साथ दिएर नेकपा एकीकृत समाजवादीले गठबन्धनलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले एकीकृत समाजवादीको कदमलाई अराजनीतिक प्रवृत्तिको संज्ञा दिए ।

एमाले संसदीय दलको आज बसेको बैठकमा अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा कांग्रेसनिकट भए मात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चालेको कदम अराजनीतिक भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले सुदूरपश्चिममा विपक्षीको आशा पलाउने र जनतामा आशंका, अन्योल र निराशा केही मात्र भए पनि पैदा हुने निर्णय एकीकृत समाजवादीले गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले वामपन्थी एकताको नामले न सरकार बन्छ न चल्छ भन्दै अहिले राष्ट्रवादी शक्तिबीच एकता हुनुपर्ने धारणा राखे । उनले नामका अगाडि कम्युनिस्ट राख्ने तर कांग्रेसको सेवामा हाजिर हुनेहरुसँग एकता गरेर पार्टी बलियो नबन्ने दाबी पनि गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement