काठमाडौं । सत्ता गठबन्धन टुट्ने भएपछि सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसिरहेको छ । पछिल्लो राजनीतिक घटना क्रमबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले साढे १० बजेदेखि पार्टी पदाधिकारी बैठक डाकेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान गठबन्धन तोड्दै नेकपा एमालेसहित नयाँ सत्ता गठबन्धन बनाउने भएपछि कांग्रेस सभापति देउवाले आज बिहानै आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरेका थिए ।
अकस्मात सत्ता गठबन्धन भत्किएपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । बैठकमा परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
सम्बन्धित समाचार...
ब्रेकिङ : टुट्यो सत्ता गठबन्धन, सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा हुने
आजै नयाँ सत्तागठबन्धन घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारी
प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ : प्रदीप ज्ञवाली