काठमाडौं । महँगी सरकारको सीमा बाहिर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार महँगी सरकारले राखेको लक्ष्यको सीमा बाहिर पुगेको हो । सरकारले चालु आर्थिक वर्षमा महँगी पाँच प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखेको थियो । तर अहिले महँगी ६ दशमलव ०५ प्रतिशत पुगेको सरकारी तथ्यांकले नै देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले भारतमा बढ्दै गएको महँगीको असर नेपाली बजारमा परेको देखाएको छ । व्यापारको ठूलो हिस्सा भारतसँग रहेको र त्यहाा महँगी बढ्दा सोझो असर नेपाली बजारमा देखिएको प्रतिवेदनमा उल्लेख छ । तरकारीको भाउ ४३ दशमलव ०५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ र खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ७० प्रतिशतले बढेको छ ।
रेमिट्यान्स भने ४ दशमलव ४ प्रतिशतले बढेर ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । निरन्तरको रेमिट्यान्स वृद्धिले विदेशी विनिमय सञ्चिति थपिन सघाएको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव४ प्रतिशतले वृद्धि भइ मंसिरमा २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ ।
कुल कर्जा गत वर्षको तुलनामा पनि घटेको देखिएको छ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा आन्तरिक कर्जा २ दशमलव ८ प्रतिशतले बढेकोमा यो वर्ष १ दशमलव ६ प्रतिशतमा खुम्चिएको राष्ट्र बैंकले जनाएको छ ।