काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले चाहे आफूहरू नयाँ ढंगबाट अघि बढ्न तयार रहेको बताएका छन् । आज बिहान पार्टीले बालकोटमा बोलाएको आकस्मिक बैठकका निर्णय सुनाउँदै ज्ञवालीले यस्तो बताएका हुन् ।
गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको उनले बताए । ‘प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ,’ ज्ञवालीले भने । एमालेले आजै नयाँ समीकरण बन्ने संकेत देखाएको छ ।
उपमहासचिव ज्ञवालीका अनुसार नयाँ समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि समेटिने र रास्वपाका तर्फबाट सबै निर्णय लिने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ ।
सम्बन्धित समाचार...
ब्रेकिङ : टुट्यो सत्ता गठबन्धन, सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा हुने
कांग्रेस पदाधिकारी बैठक देउवा निवास बुढानीलकण्ठमा
आजै नयाँ सत्तागठबन्धन घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारी