ब्रेकिङ : टुट्यो सत्ता गठबन्धन, सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा

फाल्गुन २१, २०८० |कान्तिपुर टीभी संवाददाता
ब्रेकिङ : टुट्यो सत्ता गठबन्धन, सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा गर्ने तयारी गरेका छन् । 

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाउने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्रीले आजै सबैमन्त्रीहरुलाई हटाउने र सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी पनि गरेको बालुवाटार स्रोतले जनाएको हो । नयाँ मन्त्रिमण्डल बनाएर आजै मन्त्रीहरूको शपथ ग्रहणसमेत गर्ने तयारी रहेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् ।

आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले एमालेसहितको चारदलीय नयाँ गठबन्धन बनाएर जाने निर्णय गरेको छ । आजै सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने र कांग्रेससहितको गठबन्धन दलको मन्त्रीपरिषद् विघटन गर्ने निर्णय गरेको छ ।

नयाँ गठबन्धन घोषणाबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै छ । यस्तै नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि यतिबेला पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसिरहेको छ । गठबन्धन भत्किने अवस्थामा पुगेपछि सभापति देउवाले पार्टी पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएका हुन् । 

यसअघि आज देउवाले कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बोलाएरसमेत छलफल गरेका थिए । नयाँ सत्ता गठबन्धन र मन्त्रिपरिषद् बारे हेर्नुहोस् लाइभ :-

सम्बन्धित समाचार...

कांग्रेस पदाधिकारी बैठक देउवा निवास बुढानीलकण्ठमा

आजै नयाँ सत्तागठबन्धन घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारी

प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ : प्रदीप ज्ञवाली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement