आजका मुख्य समाचार,
* एउटै प्रकृतिका मुद्दामा राजनीतिक पूर्वाग्रह देखिएको भन्दै बारम्बार अदालतकै प्रश्न / अख्तियारले गरेका अनुसन्धानसमेत पूर्वाग्रही भएको विशेष अदालतको टिप्पणी ।
* सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन / १ अर्ब १२ करोड बिगो दाबी / पर्सा र चितवनको अनुसन्धान अन्तिम चरणमा/ पोखराका पीडित उच्च अदालत जाने ।
* संविधान संशोधनबारे सत्तारुढ दलमै मतान्तर देखिँदा दलहरुबीच ध्रुवीकरण / संसद विघटनको षडयन्त्र भइरहेको विपक्षीको आशंका / वर्तमान सत्ता गठबन्धन अब नचल्ने दाहालको दाबी ।
* भारतले शेख हसिनाको भिसा म्याद लम्ब्याएपछि बंगलादेश सरकार रुष्ट / दुई देशबीचको सम्बन्धमा थप दरार / रद्द राहदानीमा भिसा थप्नु खेदजनक भएको टिप्पणी ।
* प्रथम खो–खो विश्वकप खेल्ने ५० खेलाडीसहित ५३ सदस्यीय टोली भोलि भारत जाँदै / महिला अन्डर-१९ टी-२० विश्वकप खेल्ने टोलीको पनि विदाइ ।