भारतले शेख हसिनाको भिसा म्याद लम्ब्याएपछि बंगलादेश सरकार रुष्ट

दुई देशबीचको सम्बन्धमा थप दरार
रद्द राहदानीमा भिसा थप्नु खेदजनक भएको टिप्पणी
पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतले शेख हसिनाको भिसा म्याद लम्ब्याएपछि बंगलादेश सरकार रुष्ट

काठमाडौं । भारतले बंगलादेशका अपदस्थ प्रधानमन्त्री शेख हसिनाको भिसाको म्याद लम्ब्याएपछि दुई देशबीचको सम्बन्धमा थप तिक्कता उत्पन्न भएको छ ।

हसिनाको राहदानी रद्द गरेकोमा भारतले भिसा अवधि लम्ब्याउनु गलत भएको भन्दै बंगलादेशले खेद प्रकट गरेको हो । बंगलादेशको विदेश मामिला मन्त्रालयका प्रवक्ता मोहम्मद रफिकुल आलमले भारतले भिसा लम्ब्यानुको उसले हसिनालाई बंगलादेश डिपोर्ट नगर्ने संकेत देखाएको आफूले बुझेको बताउनुभएको छ ।

गत मंगलबार बंगलादेशको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका क्रममा आन्दोलनकारीको हत्या र जबरजस्ती बेपत्ता बनाउने कार्यमा संलग्न रहेको आरोप लगाउँदै हसिनासहित ९७ जनाको राहदानी रद्द गरेपछि भारतले हसिनाको भिसाको म्याद थपेको थियो। यो घटनाक्रमले दुई देशको सम्बन्ध थप तिक्ततापूर्ण बनेको छ ।

गत वर्षको जुलाई र अगस्टमा भएको आन्दोलनमा हत्या र नरसंहार गरेको भन्दै बंगलादेशको अन्तर्राष्ट्रिय क्रिमिनल ट्रिब्यूनलले जनवरी पहिलो साता दोस्रोपटक हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो भने फेब्रअरी १२ सम्ममा अदालत हाजिर हुन निर्देशन दिएको छ ।

बंगलादेशले भारतसमक्ष हसिनालाई सुपूर्दगी गर्न आग्रह गरे पनि भारतले कुनै प्रतिक्रिया जनाएको छैन । बरु भारतले हसिनालाई ‘शरण’ दिएको बंगलादेशको दाबीलाई खारेज गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement