हाजिर जमानीमा छुटे लघुवित्तपीडित

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
हाजिर जमानीमा छुटे लघुवित्तपीडित

काठमाडौं । संसद् भवन नयाँ बानेश्वरमा प्रवेश गरेको आरोपमा सोमबार पक्राउ परेका लघुवित्तपीडितहरु हाजिर जमानीमा आज (बिहीबार) रिहा भएका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाडेको हो ।

देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्तका पीडितहरुले गएको सोमबार संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए ।

निषेधित क्षेत्रमा प्रवेश गरेर नाराबाजीसहित शान्तिसुरक्षामा खलल पुर्‍याएको भन्दै प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न स्थानीय प्रशासनले अनुमति दिएको थियो ।

आज भने उनीहरु सबै हाजिर जमानीमा रिहा भएका हुन् ।

उनीहरुले तत्काल लघुवित्त पीडितहरुको ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्नेलगायत माग गर्दै आएका छन् । सरकारलाई समेत उनीहरुले यस विषयमा पटकपटक ध्यानाकर्षण गराएका थिए । 

यो पनि...

संसद्जस्तो संवेदनशील स्थानमा किन सुरक्षा लापरबाही ?

चौतर्फी आलोचनापछि संसद् भवन, सिंहदरबार र बालुवाटार क्षेत्रको सडकपेटीमा लगाएको डोरी हटाइयो, पैदलयात्रीलाई सहज

सुरक्षा घेरा तोडेर आखिर कसरी संसद् भवनमा प्रवेश गरे प्रदर्शनकारी ?

पूर्वडीआईजी केशव अधिकारी भन्छन्- ‘लघुवित्तपीडित सुरक्षा ब्रेक गर्दै संसद् प्रवेश गर्नु इन्टलिजेन्सको फेलियर’

नेपाल बाहिर कहाँ-कहाँ भएका थिए संसदमा गम्भीर सुरक्षा चुकका घटना ?

काठमाडौंका सीडीओ भन्छन्- ‘सुरक्षा घेरा तोड्दै संसद् पसेका लघुवित्तपीडितलाई सांसदले नै पास दिएर लगेका हुन्’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.