पूर्वडीआईजी केशव अधिकारी भन्छन्, ‘लघुवित्तपीडित सुरक्षा ब्रेक गर्दै संसद् प्रवेश गर्नु इन्टलिजेन्सको फेलियर’

फाल्गुन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
पूर्वडीआईजी केशव अधिकारी भन्छन्, ‘लघुवित्तपीडित सुरक्षा ब्रेक गर्दै संसद् प्रवेश गर्नु इन्टलिजेन्सको फेलियर’

काठमाडौं । आन्दोलनरत लघुवित्तपीडितहरूले आज संघीय संसद् भवनमा प्रवेश गरी सरकारविरुद्ध नाराबाजी गरे । देशका विभिन्न ठाउँबाट काठमाडौं आएर लघुवित्त पीडितहरूले राष्ट्र बैंक नजिक पुगेर प्रदर्शन गर्दै आएका थिए । तर आज ५० जनाभन्दा बढी लघुवित्तपीडित अचानक बानेश्वरस्थित संसद् भवन परिसरमै पसेर प्रदर्शन गरेका हुन् । 

सरकारले संसद् भवन आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्न त परै जाओस् पाँच जनाभन्दा बढी भेला हुनसमेत पाइँदैन । संसद् भवनमा सुरक्षा कमजोरी देखिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक बोलाए । गृह मन्त्रालयमा बोलाइएको बैठकमा सुरक्षा निकायका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेत सहभागी थिए । 

संसदमा आज भएको घटनाले सुरक्षा संवदेनशीलतामा के कस्तो कमजोरी देखाउँछ ? यस विषयमा हामीले कान्तिपुर समाचारमा नेपाल प्रहरीका पूर्वडीआइजी केशव अधिकारीसँग कुराकानी गरेका छौँ । यस क्रममा बोल्दै अधिकारीले लघुवित्तपीडित सुरक्षा ब्रेक गर्दै संसद् प्रवेश गर्नु इन्टलिजेन्सको फेलियर भएको बताएका छन् । हेर्नुहोस् अन्तर्वार्ता :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.