काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणका केही अभियुक्तलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न हिजो आदेश दिएको थियो । उच्चले धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा रहेका तीन जनाले आइतबार धरौटी बुझाए तर रिहा भएनन् ।
यसरी धरौटी बुझाउनेहरू हरिभक्त महर्जन, नरेन्द्र केसी र शमशेर मियाँ थिए । उनीहरूमध्ये हरिभक्तले १५ लाख, नरेन्द्र र शमशेरले जनही १०/१० लाख धरौटी बुझाएका हुन् । उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले आइतबार रिहा गर्न नसकिने केन्द्रीय कारागार स्रोतले जनाएको छ ।
उच्चले यस प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङटावा शेर्पालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश हिजो सदर गरेको थियो । यस्तै सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश भएको हो ।
यसैगरी टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।
यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।
सम्बन्धित समाचार...
शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहित १६ जनालाई कारागार चलान गर्ने अदालतको निर्णय
यस्तो छ नक्कली शरणार्थी प्रकरणको टाइमलाइन
न्यायाधीशहरुबीच राय बाझिएपछि बालकृष्ण खाणलाई थुनामुक्त गर्न अस्वीकार
खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख धरौटीमा छाड्न आदेश