
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
उच्च अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बालकृष्ण खाणको हकमा भने दुई न्यायाधीश राय बाझिएपछि उनको मुद्दा अब तेस्रो न्यायाधीशसमक्ष पेस गरिने भएको छ ।