
– नेपालमा रहेका भुटानी शरणार्थीको समस्या स्थायी रुपमा समाधान गर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २९ असार २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गर्यो । यही बाहनामा गिरोहले नक्कली शरणार्थीको सूची संकलन गर्यो ।
– गिरोहले कार्यदलको प्रतिवेदनमा छुटेका शरणार्थी र तेस्रो देशमा शरण लिन चाहने शीर्षकमा उपसूची थप गरी पैसा संकलन गर्यो ।
– गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बाग्लुङ, अर्घाखाची र दाङ लगायत जिल्लाका ८७५ नेपालीसँग १० देखि ५० लाख उठायो र ती व्यक्तिलाई शरणार्थीका रुपमा नक्कली कार्ड पनि बनाइयो ।
– शरणार्थी बनाएर अमेरिका पुर्याइदिने लोभ देखाएर आफूहरुबाट लाखौं रुपैयाँ ठगी गरेको भन्दै ८१ जनाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
–प्रहरीले पक्राउ परेका १८ जना र फरार १२ जनालाई राज्यविरुद्ध अपराध, संगठित र ठगीसम्बन्धी अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलमा बुझाएको थियो
–सरकारी वकिलले किर्तेको थप कसुर समेत लगाएर जेठ १० मा मुद्दा दायर, २८ करोड ८१ लाख बिगो, ठगिएको रकम फिर्ता र कैद सजायमागसहित मुद्दा दर्ता गरेपछि जेठ १२ बाट अदालतमा अभियुक्तको बयान सुरु भएको थियो ।
–जेठ २० बाट थुनछेक बहस सुरु भई असार १ मा थुनछेक बहस सकियो र १६ जनालाई कारगार पठाउने निर्णय भयो ।

को कहिले पक्राउ परे ?
सानु भण्डारी, केशव दुलाल र टेक गुरुङ ः २०७९ चैत १२
सागर राई : २०७९ चैत १५
टेकनारायण पाण्डे : २०८० वैशाख २०
इन्द्रजित राई : २०८० वैशाख २०
सन्दीप रायमाझी : २०८० वैशाख २०
बालकृष्ण खाण : २०८० वैशाख २७
टोपबहादुर रायमाझी : २०८० वैशाख ३१
टेकनाथ रिजाल : २०८० जेठ ४
पक्राउ परेका भीआइपीहरु
पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव– टोपबहादुर रायमाझी
पूर्वगृहमन्त्री– बालकृष्ण खाण
सचिव– टेकनारायण पाण्डे
पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार– इन्द्रजित राई
भुटानी शरणार्थी नेता– टेकनाथ रिजाल
टोपबहादुर रायमाझीका छोरा– सन्दीप रायमाझी
कांग्रेस नेता– आङटावा शेर्पा
हज कमिटीका अध्यक्ष– शमशेर मियाँ
पक्राउ परेका अन्य –
सन्देश शर्मा, हरिभक्त महर्जन, केशव दुलाल, सानु भण्डारी, रामशरण केसी, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, सागर राई लक्ष्मी महर्जन र टंक गुरुङ ।
फरार रहेका १२ अभियुक्त
केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपान्जली हुमागाईं, निरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशीष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरन्जनकुमार खरेल र सुनील बुढाथोकी ।
सम्बन्धित समाचार...
शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहित १६ जनालाई कारागार चलान गर्ने अदालतको निर्णय