जाजरकोट । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले मानवीय र भौतिक क्षति भएको छ ।
शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परि रुकुम र जाजरकोटमा मात्रै ५४ जनाभन्दा बढीको मृत्यु भएको खबर छ ।
रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।
जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २६ जनाको ज्यान गएको खबर प्राप्त भएको छ । बाँकी विवरणहरु पनि आइरहेका छन् ।’
शनिबार बिहान सवा ५ बजेसम्मको विवरण अनुसार जाजरकोटमा १४ महिला र १२ पुरुषको मृत्यु भएको छ । ३८ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
जिल्ला अस्पतालमा बिरामीले भरिएका छन् । उद्धारको क्रम जारी छ । हेरौं थप तस्बिर :
थप समाचार :
भूकम्पका घाइतेको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
भूकम्प अपडेट : रुकुम र जाजरकोटमा मात्रै करिब ५० जनाको मृत्यु
जाजरकोट भूकम्प : रुकुमको सानीभेरीमा ५ जनाको मृत्यु,१० घाइते
जाजरकोटको नलगाड नगरपालिका उपमेयर सिंहसहित २० जनाको मृत्यु
घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकोप्टर पठाउने तयारी