काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा घाइतेहरुको उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका छन् । जाजरकोटमा शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा मानवीय र भौतिक क्षति भएको छ ।
‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु । घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।
उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् । रातिको घटना भएकाले धेरै क्षति भएको हुनसक्न आकलन छ ।
घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि अहिले बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकोप्टर पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ ।
थप समाचार...
भूकम्प अपडेट : रुकुम र जाजरकोटमा मात्रै करिब ५० जनाको मृत्यु