गोरखा । स्थानीय तह अन्तर्गत उपनिर्वाचन हुन लागेको गोरखा नगरपालिका वडा नम्बर- ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले गोरखा नगरपालिका वडा नम्बर-५ कै कार्यालय मा नै मुख्य निर्वाचन अधिकृतको कार्यालय राखेको हो । वडाध्यक्ष खिलबहादुर रानाको २ वर्ष अघि निधन भए पछि गोरखा नगरपालिका वडा नं ५ मा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचन हुने गण्डकी प्रदेश भित्रको एकमात्र वडा हो ।