रुकुम पश्चिम । जाजरकोटमा गएको भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएको खबर प्राप्त भएको छ । विस्तृत विवरण आउने क्रम जारी छ ।
भूकम्पमा परी ११ जनालाई जिल्ला अस्पतालले मृत घोषणा गरिसकेको छ । नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।