भूकम्प अपडेट : रुकुम र जाजरकोटमा मात्रै करिब ५० जनाको मृत्यु

कार्तिक १८, २०८० |कान्तिपुर टीभी संवाददाता
भूकम्प अपडेट : रुकुम र जाजरकोटमा मात्रै करिब ५० जनाको मृत्यु

रुकुम । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुका अनुसार अहिलेसम्म यो संख्या पुष्टि भएको हो ।

रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।

जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २० जनाको ज्यान गएको खबर प्राप्त भएको छ । बाँकी विवरणहरु पनि आइरहेका छन् ।’

शनिबार बिहान पौने ४ बजेसम्मको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र रुकुम पश्चिममा भएको देखिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.