घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकोप्टर पठाउने तयारी

कार्तिक १८, २०८० |कान्तिपुर टीभी संवाददाता
घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकोप्टर पठाउने तयारी

काठमाडौं । जाजरकोटमा शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा मानवीय र भौतिक क्षति भएको छ । सरकारले घाइतेहरुको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि अहिले बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकोप्टर पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा घाइतेहरुको उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका छन् । भूकम्पमा मानवीय र भौतिक क्षति भएको छ ।

‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु । घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न निर्देशन दिएका छन् । रातिको घटना भएकाले धेरै क्षति भएको हुनसक्न आकलन छ ।

-तस्बिर : सरोज वली/कान्तिपुर टेलिभिजन

थप समाचार :

भूकम्पका घाइतेको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

भूकम्प अपडेट : रुकुम र जाजरकोटमा मात्रै करिब ५० जनाको मृत्यु

जाजरकोट भूकम्प : रुकुमको सानीभेरीमा ५ जनाको मृत्यु,१० घाइते

जाजरकोटको नलगाड नगरपालिका उपमेयर सिंहसहित २० जनाको मृत्यु


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.