रुकुम । जाजरकोट आसपास केन्द्रविन्दु बनाएर मध्यरातमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुमको सानीभेरी नगरपालिकामा पाँच जनाको मृत्यु पुष्टि भएको छ । भूकम्पमा अन्य १० जना घाइते भएको विवरण आएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (इन्स्पेक्टर) धर्मेन्द्र खड्काका अनुसार क्षतिको विवरण आउने क्रम जारी छ ।
शनिबार बिहान साढे ३ बजेसम्मको सूचना अनुसार जाजरकोटमा उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु भएको छ । भूकम्पले सबैभन्दा ठूलो क्षति जाजरकोट र रुकुम पश्चिममा भएको देखिन्छ ।