आजका मुख्य समाचार,
– सरकारलाई सहजीकरण गर्न कांग्रेस-एमालेको राजनीतिक संयन्त्र निष्कृयप्राय: / औचित्यमै प्रश्न रहेको संयन्त्र दुई साता बित्दा पनि मौन / परिणाम दिन नसक्ने सत्तारुढ नेताकै दाबी ।
– मुख्यमन्त्री संयोजकत्वको मधेश प्रदेश समन्वय परिषद्ले काम गर्न सकेन / स्थानीय सरकारहरु असन्तुष्ट / दुई तहका सरकारबीचको असमझदारीले बजेट बाँडफाँट नै प्रभावित ।
– सीप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउने सरकारको नीति अलपत्र / ८० प्रतिशत युवा सीपबिनै विदेशिँदा कमाइ पनि न्यून / स्वदेशमा समेत दक्ष जनशक्तिको अभाव ।
– इजरायल-गाजा युद्ध अन्त्य गर्न प्यालेस्टिनी लडाकु समूह हमास सहमत / इजरायललाई दबाब दिन अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई आग्रह ।
– संन्यास लिएको करिब २० वर्षपछि रिङमा फर्किएका अमेरिकी बक्सर माइक टायसन, जेक पलसँग पराजित / पुरै ८ राउण्ड रिङमा टिके पनि प्रदर्शन भने फिक्का ।