ताप्लेजुङ । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा कात्तिक महिनामा ६१ हजार १ सय ७३ जना तीर्थयात्री पुगेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो नेपाल र भारतबाट आएका तीर्थयात्रीको संख्या हो । असोज महिनामा भएको वर्षा, बाढी, पहिरोका कारण तीर्थयात्रीको संख्या नगन्य थियो ।
कात्तिकमा भने ह्वात्तै बढेको समितिले जनाएको छ ।