कीर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

मंसिर १, २०८१ |कान्तिपुर टीभी संवाददाता
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले कीर्तिपुरको प्रमुखमा नगर कमिटिका सभापतिसमेत रहेका डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको बागमती प्रदेशका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । कीर्तिपुरको प्रमुखमा एमालेले सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.