संसद्‍मा बोल्दाबोल्दै राष्ट्रपतिले भने– चिसो भयो, तातोपानी चाहियो !

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
संसद्‍मा बोल्दाबोल्दै राष्ट्रपतिले भने– चिसो भयो, तातोपानी चाहियो !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपराह्न ४ बजे संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो । भर्खरै बिरामी भएका कारण तोकिएको समयमा भन्दा केही ढिलो राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन सुरु गरे ।

संसदको माइक राम्रोसँग नमिलाइएका कारण राष्ट्रपतिले बोलेको प्रष्ट बुझिएन । अंगरक्षक सैनिकले माइक मिलाइदिने प्रयास गरे । तैपनि नीति कार्यक्रमको प्रसारण प्रष्ट सुनिएन ।

फोक्सोमा समस्या देखिएपछि दिल्लीमा लामो समय उपचार गरेर फर्केका राष्ट्रपति पौडेलले मस्किलले नीति कार्यक्रम वाचनलाई निरन्तरता दिए । बीच बीचमा खोकीले सताइरह्यो । यहीबीचमा साँझ ५ बजेर १८ मिनेट जाँदा राष्ट्रपति पौडेलले एकैछिन रोकिएर भने, ‘तातो चाहियो, पानी चिसो भयो ।’

त्यसो त राष्ट्रपति विरामी भएका कारण सरकारको नीति तथा कार्यक्रम वाचन गर्न नसक्ने खबर यसअघि मिडियामा आएको थियो । राष्ट्रपतिको साटो प्रधानमन्त्रीले नै नीति कार्यक्रम वाचन गर्ने चर्चा चल्न थालेपछि संसदमा यसबारे आवाजसमेत उठ्यो । राष्ट्रपतिले नसकेको अवस्थामा उपराष्ट्रपतिलाई वाचनको जिम्मेवारी दिनुपर्ने कानूनविदहरुले सुझाव दिए ।

यसैबीच तीन दिनअघि राष्ट्रपतिले नै नीति तथा कार्यक्रम वाचन गर्ने पत्र संसदमा दर्ता भयो । र, सोही पत्र अनुसार राष्ट्रपति आज संसदमा उपस्थित भएका हुन् ।

आज राष्ट्रपति संसदमा आउँदा शारीरिक रुपमा निकै कमजोर र विरामी जस्तै देखिएका थिए । उनलाई सहयोगीहरुले समाएर कुर्सीसम्म पुर्‍याएका थिए ।    

सम्बन्धित समाचार...

संसद भवनमा यसरी पुगे राष्ट्रपति पौडेल (भिडियो)

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

सहर र राजमार्ग वरपर एक हजार सार्वजनिक शौचालय बनाइने

सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गरिने

अब सरकारी कार्यालयमा विद्युतीय सवारी

मुलुकलाई काठमा आत्मनिर्भर बनाइने

सरकारले फेरि ल्यायो गिटी, बालुवा, ढुंगा निर्यातको योजना

Enter Kantipur TV HD
Advertisement